अपर हेवाखाेला हाईड्रोपावरको आईपीओ आज देखि खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

 


ज्ञानमाण्डू। अपर हेवाखाेला हाईड्रोपावर कम्पनी लिमिटेडले जेष्ठ १० गते देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाको बासिन्दाहरूका लागि आईपीओ विक्री गर्न लागेको हो।

कम्पनीले योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र अधिकतम कित्ता एक लाख (१,००,०००) तोकेको छ। सो कम्पनीले रु. ५ करोड बराबरको प्रतिकित्ता रु.१०० अङ्कित दरका ५ लाख कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) जेठ २४ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा असार ०८ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट र यसका साथ-साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x