मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध

ज्ञानमाण्डू।मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबिच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

मितेरी सम्झौतामा हस्ताक्षर गर्न बेलायतबाट मेयर जेकी मेडको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार झापा आइपुगेको थियो । टोलीमा मितेरी सम्झौता गर्न फक्सटन काउन्सिलद्वारा गठित समितिका सेक्रेटरी नील जोन, फक्सटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं गोर्खा फाउन्डेसन बेलायतका दाता रे जोन्सन र फक्सटनका पूर्व काउन्सिलर एवं गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरुङ रहेका छन् । 

सो अवसरमा फक्सटन टाउन काउन्सिलका मेयर मेडले मेचीनगर आउँदा आफूलाई गोर्खाहरुको शहरबाट गोर्खालीको घर आएको अनुभूति भएको बताए । 

मेचीनगरका प्रमुख आचार्यले मितेरी साइनो गाँसिएपछि फक्सटनसँग विकासमा साझेदारी हुने विश्वास व्यक्त गरे । मेची नगरकी उपप्रमुख मीना उप्रेतीले बेलायतको दक्षिणी नगर फक्सटन र नेपालको दक्षिण पूर्वी सहर मेचीनगर दुवैको भौगोलिक अवस्था उस्तै उस्तै रहेको बताइन् । 

मितेरी सम्बन्ध गाँस्न सूत्राधारको भूमिकामा रहेका मेचीनगर वासी एवं फक्सटनका पूर्व काउन्सिलर गुरुङले लामो कसरतपछि छ हजार माइल टाढाको फक्सटनसँग मितेरी गाँसिएको बताए । 

मेचीनगर र बेलायतको फक्सटन नगर बिच मितेरी सम्बन्ध स्थापनाका लागि संविधानसभा सदस्य रबिन कोइराला र हाल बेलायतमा रहेका पूर्व काउन्सिलर गुरुङको योगदानलाई विशेष स्मरण गरिएको छ । 

विसं २०५३ मा मेचीनगर नगरपालिकाको प्रथम नगरप्रमुख रहेका बेला रबिन कोइरालाले नै फक्सटन नगरलाई मितेरी सम्बन्धको पहिलो प्रस्ताव गरेको र सो प्रस्ताव आफूले बोकेर बेलायत पुर्‍याएको पूर्व काउन्सिलर गुरुङ बताउँछन् । 

तत्कालीन नगरप्रमुख कोइरालाका अनुसार सन् २००६ नोभेम्बर १८ मा गुरुङमार्फत फक्सटनलाई प्रस्ताव पठाइएको थियो । दुई वर्षपछि सन् २००८ अप्रिलमा फक्सटनले मेचीनगरको प्रस्ताव स्वीकार गरेको पत्र पठाएको थियो । विसं २०६४ कात्तिक २१ गते शहरी विकास मन्त्रालयले मितेरी सम्बन्ध गाँस्न स्वीकृति प्रदान गरेको थियो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x