आज देखि शुभ लक्ष्मी कोष निष्कासनमा

Laxmi Capital Market Limited

ज्ञानमाण्डू। लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष साउन १९ गते (आज) देखि निष्कासन गरेको छ। शुभ लक्ष्मी कोषकाे निष्कासन बन्द हुने मिति (छिटोमा) साउन २३ रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदाै २ गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएकाे छ।

कम्पनीले निष्कासन गर्न लागेकाे कुल इकाई ५ करोड इकाई मध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याकाे न्यूनतम १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणलाई १ करोड ७५ लाख इकाई यस विवरण पुस्तिकाको शर्तानुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गर्न लागेको कम्पनीले जनाएकाे छ ।

सो कम्पनीले प्रति इकाई मूल्य रू. १०/- अंकितका दरले न्यूनतम १०० देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेकाे जनाएकाे छ ।

यस फण्डकाे इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका र आस्वा (ASBA) सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यलयहरूबाट पनि आवेदन पेस गर्न सकिनेछ।

यस फण्डकाे धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x