अन्नपुर्ण केबुलकार चढ्दा माछापुच्छ्रे बैंकका गहकले १०% छुट पाउने



ज्ञानमाण्डू। पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई बिशेष छुट प्रदान गर्ने उद्धेश्यले माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० % छुट दिने गरि व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा अन्नपुर्ण केबुलकार प्रा.लि. को तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकको तर्फबाट शाखा प्रमुख आलोक मान श्रेष्ठ ज्यूले हस्ताक्षर गर्नुभएको
बैंकले जनाएकाे छ ।
 

अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्‍याउर्दै आई रहेको बैंकले बताएकाे छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १०% सम्म छुट पाउने बैंकले जनाएकाे छ । उक्त केबुलकार सुविधा पोखराको सेदीबगर देखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट-के्रडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्ने बैंकले जनाएकाे छ


बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रर्वद्वनमा सघाउ पुग्र्दै आईरहेको
बैंकले बताएकाे छ

 
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको
बैंकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x