आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमीटेडले साताैँ साधारण सभा गर्दै


ज्ञानमाण्डू। विन नेपाल लघुवित्त वित्तीय संस्थाले जेष्ठ ३१ गते (आज) सातौँ वार्षिक साधारण सभा गर्दै छ।कम्पनीले साधारण सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला-८, सिन्धुपाल्चोकमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

साे सभामा कम्पनीले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ काे मुनाफाबाट संस्थाकाे चुक्ता पुँजीको कुल ९.३३ प्रतिशतले हुन आउने लाभांश (बाेनश शेयर) आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गर्ने छ भने सभाले आर्थिक वर्ष (आ.व. ) २०७७/७८ को सातौँ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ।

सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालक र सर्वसाधारण शेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि सोही सभाले गर्ने छ।

अन्य प्रस्तावमा यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थाहरूसँग गाभ्ने र गाभिने (मर्जर) तथा विलय (एक्विजिसन) गर्न उपयुक्त देखिएमा सो प्रयोजनका निम्ति सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सोही सभाले पारित गर्ने र प्रवन्धपत्र र नियमावलीमा गरिएको संशोधन सम्बन्धमा नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरूबाट कुनै पनि विषयमा संशोधन/परिमार्जन/थपघट वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम उक्त कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्म तेह्र दिनका लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा जेठ १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x