विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४ दशमलव ८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले बढ्याे


ज्ञानमाण्डू। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) गत आर्थिक वर्ष २०७८/७९ को असार सम्मको अवधिमा ४ दशमलव ८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेकाे छ भने असार महिनामा १ खर्ब ३ अर्ब १३ कराेड रेमिटेन्स थप भित्रिएको छ। आर्थिक वर्ष २०७७/७८ मा भने विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएको थियो ।

गत आर्थिक वर्ष २०७८/७९ को असार अन्त्यसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ३,५४,६६० पुगेको छ ।आर्थिक वर्ष २०७७/७८ मा यस्तो सङ्ख्या ६२.८ प्रतिशतले घटेको थियो । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमान १९८.५ प्रतिशतले वृद्धि भई २,८२,४५३ पुगेको छ ।आर्थिक वर्ष २०७७/७८ मा यस्तो सङ्ख्या ४६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४ दशमलव ३ प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको थियो।


स्रोत: नेपाल राष्ट्र बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x