सिभिल बैंकका ग्राहकलाइ पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट



ज्ञानमाण्डू। सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के.सी. तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेकाे बैंकले जनाएकाे छ । उक्त सम्झौता अनुसार फार्मेसीमा ५%, ल्याब/बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १०% र होल बडी चेकअपमा २०% छुट पाउने ब्यबस्था रहेकाे बैंकले जनाएकाे छ

यस छुटको सुबिधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने बैंकले जनाएकाे छ । यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर के.सीले जनाएका छन् ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी रु. ८८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे बैंकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x