प्राइम कमर्सियल बैङ्कको नाफा ९७ कराेड माथि, लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। प्राइम कमर्सियल बैङ्कको नाफा ३.९० प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा बैंकले ९७ कराेड ७९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१६ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैङ्कले १ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ७६ करोड रुपैयाँ र संचित मुनाफा ३ अर्ब १० कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.६० प्रतिशतले घटेर १ अर्ब ४० करोड रुपैयाँ पुगेकाे छ । 

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ३२ कराेड ४८ लाख रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा प्राइम कमर्सियल बैङ्कले आफ्ना शेयरधनिहरूलाई ८ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.६२ प्रतिशत र प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४८० काे आधारमा मूल्य आम्दानी अनुपात १९.७३ गुणा रहेकाे छ ।

prime commercial bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x