रिलायबल नेपाल लाइफकाे "रिलायबल समुन्नति जीवन बीमा योजना"

ज्ञानमाण्डू।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायबल समुन्नति जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको दोश्रो बर्ष पुरा गरि तेश्रो बर्ष प्रवेश गरेको उपलक्ष्यमा आवधिक धनफिर्ता योजना “रिलायबल समुन्नति जीवन बीमा योजना” सञ्चालनमा ल्याएको हो ।

बीमा समाप्ति हुने मिति अगावै बीमितको मृत्यु भएमा अग्रिम बीमाङ्क भुक्तानी रकम कट्टा नगरि पुरा बीमाङ्क र नियमानुसारको बोनस बराबर रकम भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बांकी बीमाङ्क (यदि भएमा) र नियमानुसारको बोनस रकम बीमितलाइ भुक्तानी दिइनेछ ।

साथै यस योजनामा बीमाशुल्क छुट सुबिधा, स्थायीपुर्ण अशक्तता सुबिधा, दुर्घटना मृत्युलाभ, घातक रोग सुबिधा तथा अस्पताल नगद सुबिधा लगायतका पाँच वटा ऐच्छिक सुबिधाहरु समेत थप गर्न सक्ने बीमालेखमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x