सनराइज बैंकको नाफा ३७.०७ प्रतिशतले वृद्धि

ज्ञानमाण्डू। सनराइज बैंकको नाफा ३७.०७ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ३३ करोड १४ लाख नाफा कमाएको थियो भने अहिले ४५ करोड ४३ लाख नाफा कमाएको देखिन्छ ।

८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ चुक्ता पुँजी रहेको सनराइज बैंकले ७७ अर्ब ८९ करोड ४६ लाख ६६ हजार १ सय १२ रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड १८ लाख ७१ हजार ५ सय ४० रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ९४ करोड १६ लाख ८८ हजार ७ सय ७२ रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३३.९१ प्रतिशतले वृद्धि भएको छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.२७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७८ पैसा छ र मूल्य आम्दानी अनुपात १०.७२ गुणा बढी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x