धितोपत्र बजारमा ३.०७ अंकको वृद्धि, नेप्से परिसूचक २८२३.०६ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ०७ अंकले बढेर २८२३ दशमलव ०६ को विन्दुमा कायम भएको छ । यस्तै, सेन्सेटिभ परिसूचक १ दशमलव ३१ अंकले बढेर ५०८ दशमलव ४९ को विन्दुमा पुगेको छ ।



आज कूल २१६ कम्पनीका २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर रु १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये आठ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४ दशमलव ०८ अङ्कले बढ्द जलविद्युत ५.२ अङ्कले, निर्जीवन बीमा १९६.६४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह १ दशमलव ४१ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ५७.६ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह १७ अङ्कले, विकास बैंक उपसमूह ३२.९ अङ्कले, वित्त उपसमूह ३६.४२ अङ्कले, उत्पादन उपसमूह ४७.८२ अङ्कले, अन्य उपसमूह ९.३१ अङ्कले, लघुवित्त उपसमूह ५.३७ अङ्कले र जीवन बीमा ५५.६१ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x