मैनचेस्टर युनाइटेडलाई पछि पार्दै रियल म्याड्रिड विश्वको सबैभन्दा मूल्यवान यूरोपीय फुटबल क्लब

ज्ञानमाण्डू।रियल म्याड्रिडले मैनचेस्टर युनाइटेडलाई पछि पार्दै यस बर्ष विश्वको सबैभन्दा मूल्यवान यूरोपीय फुटबल क्लब घोषित भएको छ । यद्यपि रियलले यस सिजन खराब प्रदर्शन दिए तापनि, अघिल्ला तीन संस्करणमा लगातार तीनैवटा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

ग्लोबर कन्सट्रक्सन सर्भे केपीएमजीको "annual enterprise value table" अर्थात वार्षिक उद्यम मूल्य तालिका "ले युरोपमा शीर्ष फुटबल क्लबहरूको कुल वित्तीय शक्ति, नगद प्रवाह र पूर्व-कर मुनाफाको मापन गर्दछ । केपीएमजीले निकालेको रिपोर्ट अनुसार रियल मड्रिडको मुल्य ३.२२४ विलियन युरो रहेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेडको मुल्य ३.२०७ विलियन युरो रहेको छ ।

रियलको प्रतिद्वन्दी क्लब बार्सिलोना भने शीर्ष तीनबाट बाहिरिदै चौथो स्थानमा झारेको छ । युरोपेली क्लब फुटबलमा प्राप्त गर्न नसकेको सफलताले ब्राण्ड मुल्यमा गिरावट आएको बार्सिलोनाको मूल्य २.६७६ विलियन युरो रहेको छ ।

बार्सिलोनालाई पछि पार्दै जर्मन लेजेण्ड बार्यन म्युनिख २.६९६ विलियन युरो मूल्य सहित तेस्रो स्थानमा रहेको छ । पाँचौ स्थानमा प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी छ । म्यानचेष्टर सिटीको मूल्य २.४६० विलियन युरो छ भने छैटौ स्थानमा रहेको लण्डन क्लब चेल्सीको मुल्य २.२२७ विलियन युरो रहेको छ ।

यस्तै, सातौ स्थानको लिभरपुलको मुल्य २.०९५ विलियन युरो,आठौं स्थानमा रहेको आर्सनलको मुल्य २.००८ विलियन युरो, नवौं स्थानमा रहेको टोटेनहम हट्सपरको मुल्य १.६९७ विलियन युरो र दशौं स्थानमा रहेको युभेन्ट्सको मुल्य १.५४८ विलियन युरो रहेको छ ।

रिपोर्टमा युरोपका ३२ क्लब समावेश गरिएको छ। यो वर्ष, १३ क्लबहरु एक विलियन युरो भन्दा बढी मूल्यान्कणमा थिए । २०१८ मा १२ क्लबहरु एक विलियन युरो भन्दा बढी मूल्यान्कणमा रहे । यस वर्ष आठ क्लबहरू २ भन्दा माथि भन्दा मूल्यान्कणमा रहे: ईंग्लिश प्रिमियर लीगबाट पाँच, स्पेनबाट दुई र जर्मनीबाट एक क्लबहरू रहे ।

पहिलो पटकको लागि शीर्ष ३२ मा सेल्टिक र स्पैनिश क्लब विलार्रियल प्रवेश गर्न सफल रहे भने भेलेन्सिया साथै टर्की क्लब फेनेबार्ची बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x