आइसिसी विश्वकप लिग दुई : नेपाल घरेलु मैदानमा ओमानसित पराजित

ज्ञानमाण्डू।आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै १९७ रन बनायो ।

एक सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७९ रनमा समेटियो । ब्याटिङ गर्ने क्रममा ओमानका लागि मोहम्मद नदिमले ६९ रन बनाए । उनले दुई छक्का र पाँच चौका प्रहार गरे । बनाए

यस्तै सन्दीप गौडले ३३, नशिम खुसीले २८, जेशन मक्सुदले २० र अकिब ल्यासले १६ रन बनाए । ओमानले पहिलो ओभरको अन्तिम बलमा जतिन्दर सिंहको रूपमा पहिलो विकेट गुमाएको थियो । उनलाई करन केसीले एक रन बनाएको अवस्थामा पेभेलियन फर्काएका हुन्  । ओमानले छ दशमलव चार ओभरमा १९ रनको स्कोर छँदा दोस्रो विकेट गुमाएको थियो । खबर अलीलाई व्यक्तिगत पाँच रनको स्कोरमा करन केसीले नै आउट गरेका थिए । तेह्रौँ ओभरको तेस्रो बलमा अकिब ल्यास व्यक्तिगत १६ रनको स्कोरमा रन आउट भए  । त्यो बेला ओमानले ३९ रन बनाएको थियो ।

यस्तै सुशन भारीले खेलको १९औँ ओभरको चौथो र अन्तिम बलमा विकेट लिए। ओमानको स्कोर ५७ भएको अवस्थामा सुशनले जेशन मक्सुदलाई चौथो विकेटको रूपमा पेभेलियन फर्काए भने टोलीको स्कोर ५७ रन भएकै अवस्थामा नेपाली मूलका ओमानका खेलाडी सुरज कुमारलाई पाँचौँ विकेटका रूपमा कप्तान ज्ञानेन्द्र मल्लद्वारा क्याच आउट गराए ।

मक्सुदले २० रन बनाए । सुरजकुमार खाता नै नखोलिकन पेभेलियन फर्किए । सुशनले ३८औँ ओभरमा सन्दीप गौडलाई छैटौँ विकेटका रूपमा पेभेलियन फर्काए । उनले ३३ रन बनाए । खेलको ४१ दशमलव चार ओभरमा ओमानले सातौँ विकेट गुमाएको थियो । बादल सिंहलाई पाँच रनमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए  ।

नेपालका लागि ४६औँ ओभर सबैभन्दा महँगो साबित भयो । सो ओभरमा अभिनाश बोहराले १४ रन खर्चिए । ओमानले ४८औँ ओभरमा लगातार दुई विकेट गुमायो । करन केसीले ती दुवै विकेट लिएका थिए  । खेल अवधिभर ओमानले पाँच छक्का हान्यो । ओमानले ३६औँ ओभरमा दीपेन्द्रको बलमा पहिलो छक्का हानेको थियो ।

त्यसपछि उसले खेलको ४३औँ ओभरमा सन्दीप लामिछानेको बलमा दोस्रो छक्का प्रहार गर्‍यो । यस्तै ४९औँ ओभरमा अभिनाश बोहराको बलमा तेस्रो छक्का तथा अन्तिम ओभरमा करन केसीको बलमा लगातार दुई छक्का प्रहार गर्‍यो ।

बलिङतर्फ नेपालका लागि करन केसीले चार, सुशन भारीले तीन तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । करनले नौ ओभर बलिङ गर्दै एक मेडन राखी ४७ रन खर्चिए । यस्तै आफ्नो डेब्यु खेलमै सुशनले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । उनी नेपालकै किफायती बलर साबित भए । सुशनले १० ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र १४ रन खर्चिए । दीपेन्द्रले पाँच ओभर बलिङ गरी २२ रन खर्चिए । ओमानसितको खेलमा सन्दीप लामिछानेले भने दर्शकलाई निराश पारे ।

उनले कुनै विकेट लिन सकेनन् । उनले १० ओभर बलिङ गर्दै एक मेडन राखेर ४५ रन विपक्षी टोलीलाई दिए । जवाफी ब्याटिङ गर्ने क्रममा नेपालको शुरुआत राम्रो रहेन । नेपालले चौथो ओभरमा पहिलो विकेटको रूपमा कप्तान ज्ञानेन्द्रलाई गुमायो । त्यो बेला नेपालको स्कोर मात्र चार रन थियो ।

यस्तै खेलको पाँचौँ ओभरमा टोलीको स्कोर चार रन छँदा पारश एक रन बनाएर आउट भए । नेपालले आठ ओभरमा दुई विकेट गुमाएर मात्र १२ रन बनाउन सकेको थियो । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले नेपालको पारीलाई उकास्न सफल रहे। दुवै जनाले ६२ रनको साझेदारी रह्यो  । खेलको २१औँ ओभरमा दीपेन्द्र व्यक्तिगत ३६ रन बनाउँदै मोहम्मद नदिमको बलमा बोल्ड भए । त्यो बेला नेपालको स्कोर ६६ थियो । उनले ५७ बलमा एक छक्का र पाँच चौका हान्न सफल रहे  ।

यस्तै खेलको २४औँ ओभरमा नेपालले लगातार दुई विकेट गुमायो । चौथो विकेटका रूपमा आरिफ शेख तथा पाँचौँ विकेटका रूपमा रोहितकुमार पौडेललाई गुमाउनु पर्‍यो । नेपालको स्कोर ७३ छँदा आरिफ छ रन बनाएर पेभेलियन फर्किए । रोहित पहिलो बलमै आउट भए  । खेलको २९औँ ओभरमा नेपालले सय रन पूरा गर्‍यो । खेलको ३३औँ ओभरमा विनोद भण्डारी खबर अलीको बलमा सन्दीप गौडद्वारा क्याच आउट भए । उनले २५ बलमा एक छक्का तथा दुई चौका प्रहार गरे ।

यस्तै करन केसी ३७औँ ओभरमा पेभेलियन फर्किए । उनी शून्य रनमै आउट भए । ३९ औँ ओभरको पाँचौँ बलमा सन्दीप लामिछानेले जीवनदान पाए । ४४औँ ओभरमा शरद भेषवाकर ५५ रन बनाउँदै अकिब लियासको बलमा बोल्ड भए । उनले एक सय आठ बल खेल्दै पाँच चौका प्रहार गरे ।

यस्तै ४५औँ ओभरमा सन्दीप २८ रन बनाउँदै आउट भए । उनले २७ बल खेल्दै एक छक्का तथा तीन चौका हान्न सफल रहे । नेपालले ४६ दशमलव पाँच ओभरमा सबै विकेट गुमायो । नेपालका लागि पहिलो छक्का उपकप्तान दीपेन्द्रसिंह ऐरीले खेलको १७औँ ओभरमा प्रहार गरेका थियो । दोस्रो छक्का ३१औँ ओभरमा बादल सिंहको बलमा विनोद भण्डारीले हान्न सफल रहे ।

यस्तै कलिमउल्लाहको बलमा ३९औँ ओभरमा सन्दीप लामिछानेले नेपालका लागि तेस्रो छक्का प्रहार गरे । बलिङतर्फ ओमानका लागि जेशन मक्सुदले तीन, बिलाल खान र कलिमउल्लाहले दुई दुई तथा मोहम्मद नदिम, खबर अलि र एक्विब लियासले एक एक विकेट लिए । यस सिरिजको पहिलो खेलमा नेपालबाट सुशन भारी र अभिनाश बोहरा तथा ओमानबाट बादल सिंहले डेब्यु गरेका  थियो । खेलको म्यान अफ दी म्याच ओमानका मोहम्मद नदिम घोषित भए । सिरिजको दोस्रो खेल बिहीबार ओमान र अमेरिकाबिच हुनेछ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x