आइएमईका उत्कृष्ट पन्ध्र व्यावसायिक साझेदार बाकु भ्रमणमा

ज्ञानमाण्डू।आइएमई लिमिटेडले आफ्ना पन्ध्र (१५) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित "बाकु" को भ्रमणमा पठाएको छ । आइएमईका व्यावसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने पन्ध्र व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका  थिए ।यसमा  "आइएमई पे" को कारोबारमा सबैभन्दा बढी योगदान पुर्याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरेको कम्पनीले जनाएको छ ।
आइएमई केन्द्रीय कार्यालय पानी पोखरी काठमाडौँमा आयोजित एक विशेष समारोहकावीच आइएमईका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै महाप्रवन्धकद्वयले आइएमईको व्यावसायिक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

आइएमईले आफ्नो स्थापना कालदेखि नै आमसेवाग्राहीमूखि र व्यावसायिक साझेदारमुखी विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x