एभरेष्ट इन्स्योरेन्सकाे साधारण सभा वैशाख २१ गते


ज्ञानमाण्डू। एभरेष्ट इन्स्योरेन्स कम्पनीले वैशाख २१ गते (आज) २७ औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा काठमाण्डाैँकाे अग्रवाल भवनमा दिउँसाे २:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि बैशाख १२ गते बुक क्लोज गरिसकेकाे छ। सो आधारमा बैशाख ११ गतेसम्मका कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले अधिकृत पूँजी बृद्धि गरी रु. ३ अरब पुर्‍याउने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । साथै, यस सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने, प्रबन्धपत्र र नियमावलीमा गरिने संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निधारण गर्ने र आर्थिक वर्ष २०७७/०७८ मा चन्दा तथा सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x