भूकम्प प्रभावित ५५ विद्यालय भवन पुनःनिर्माण

ज्ञानमाण्डू।म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । 

पाँच वर्षअघिको भूकम्पका कारण जिर्ण बनेका र भत्किएका विद्यालय भवनमध्ये जिल्लाका ५५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको हो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यालय (शिक्षा) मार्फत थप ४५ वटा विद्यालयको भवन पुनःनिर्माणको क्रममा छन् । २४ वटा चार कोठे, नौ वटा तीन कोठे र २२ वटा दुई कोठे भवन पुनःनिर्माण भएको कार्यालयका प्रमुख तुलाराज चौलागाईले जानकारी दिए । 

प्रमुख चौलागाईका अनुसार २२ वटा शौचालय र दुई वटा विद्यालयमा खानेपानी आयोजना निर्माण भएको छ । “भवन, शौचालय र खानेपानीसहित पुनःनिर्माण भएका कुल योजना सङ्ख्या ७९ र कक्षा कोठा १६७ वटा छन्”, प्रमुख चौलागाईले भने , “१०१ वटा विद्यालय पुनःनिर्माणका लागि सूचीकृत भएका थिए ।” कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । आर्थिक वर्ष २०७३/७४ देखि विद्यालय भवन पुनःनिर्माण शुरु भएको थियो । पहिलो वर्ष एक वटा दुई कोठे, दुई वटा तीन कोठे र एक वटा चार कोठे भवन निर्माण भएको थियो । 

आव २०७४/७५ मा तीन वटा दुई कोठे, तीन वटा तीन कोठे र एक वटा एक कोठे भवन निर्माण भएको थियो । २०७५/७६ को पहिलो चरणमा आठ वटा दुई कोठे, दुई वटा तीन कोठे र १० वटा चार कोठे भवन बनेका थिए । ०७५/७६ को दोस्रो चरणमा छनौट भएका १० वटा दुई कोठे, दुई वटा तीन कोठे र १२ वटा चार कोठे भवनका योजना पनि सम्पन्न भएका छन् । आव २०७६÷/७७ को पहिलो चरणमा छनोट भएका पाँच वटा चार कोठे भवन निर्माणको अन्तिम चरणमा छन् । 

नौ वटा शौचालयमध्ये दुई वटा र छ वटा खानेपानीमध्ये दुई वटा योजना सम्पन्न भएको छ । २०७६/०७७ को दोस्रो चरणमा १० वटा दुई कोठे, तीन वटा तीन कोठे र ३२ वटा चार कोठे भवन, २१ वटा शौचालय र २१ वटा खानेपानी योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छन् । 

कार्यालयका सूचना अधिकारी विष्णु रिजालका अनुसार यो वर्ष चार कोठे भवन निर्माण हुने विद्यालयमा हिमाञ्चल मावि, शिख मावि, प्रभा मावि, ज्ञानप्रकाश मावि, अमर मावि चिमखोला, अमर मावि पाखापानी, महेन्द्र मावि झि, ज्ञानोदय मावि, रघुगङ्गा मावि, महादेव मावि छन् । सरस्वती मावि तातोपानी, जनकल्याण मावि पुलाचौर, गलेश्वर मावि तोरीपानी, थाकनपोखरी आधारभूत विद्यालय, अर्जुन मावि भकुण्डे, रामचन्द्र मावि अर्जम, मङ्गला मावि, दीपशिखा मावि, महेन्द्ररत्न मावि, त्रिभुवन मङ्गला मावि र थाइवाङ आधारभूत विद्यालयमा पनि चार कोठे भवन निर्माण हुने भएका छन् । 

यसैगरी मालिकाको सिद्ध आधारभूत, भगवति आधारभूत, ओखरबोट मावि, निस्कोट मावि, धौलागिरिको किसानी मावि, जनविकास मावि, जनजागृति मावि, भुमे आधारभूत, धौलागिरि आधारभूत र चन्द्रज्योति मावि रहेका छन् । जनआदर्श आधारभूत कोटगाउ, बालप्रिय आधारभूत भकिम्ली र शिशुकल्यान आधारभूत विद्यालय निस्कोटमा तीन कोठे भवन निर्माणका लागि छनोट भएको छ । पोखरेबगर आधारभूत, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत, जनसुन्दर, बालमन्दिर, मसुङडोले, सरस्वती, शिवालय, मालिका, जनज्योति र जगन्नाथ आधारभूत विद्यालय दुई कोठे भवन निर्माणमा छनोट भएका छन् । 

विद्यालय भवन निर्माणका लागि प्राविधिकले तयार पारेको लगत इस्टिमेटअनुसार बजेट विनियोजन भएको छ । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरी लागत अनुमान तयार पारिएको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज भएको छ । विद्यार्थीले सुरक्षित महसुस गरेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x