धितोपत्र बजारमा १०१.०७ अंकको वृद्धि, नेप्से परिसूचक २६६७.९७ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १०१.०७ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले बढेर २६६७ दशमलव ९७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अंकले बढेर ५०९ दशमलव ९० को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीका ९० लाख २२ हजार ८९० कित्ता शेयर रु ४ अर्ब ८७ करोड ०७ लाख १५ हजार ३८७ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ५४ दशमलव ७१ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ११३ अङ्कले, होटल तथा पर्यटन उपसमूह १५८.६९ अङ्कले, विकास बैंक उपसमूह २१०.५६ अङ्कले, जलविद्युत उपसमूह ७५.६५ अङ्कले, वित्त उपसमूह १०७.०१ अङ्कले, निर्जीवन बीमा ५६७.८७ अङ्कले, उत्पादन उपसमूह ३०८.०६ अङ्कले, अन्य उपसमूह ८६.६२ अङ्कले, लघुवित्त उपसमूह १६३.७८ अङ्कले, जीवन बीमा उपसमूह ९२२.१६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १७ अङ्कले र लगानी उपसमूह ३ दशमलव ८१ अङ्कले बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x