भूमिगत पहिरोले विद्यालय विस्थापित

ज्ञानमाण्डू।म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएपछि विद्यालय विस्थापित भएको छ । भूमिगत पहिरोका कारण विद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिविधि प्रभावित भएको छ । कोरोनाको जोखिमका कारण वैकल्पिक माध्यमबाट सिकाइ क्रियाकलाप सञ्चालन गरिएको थियो ।

भवन भत्किएपछि विद्यालयमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसकिएको प्रधानअध्यापक धु्रवबहादुर भण्डारीले बताए । “भवनको समस्याले विद्यार्थीलाई चार समूह बनाएर टोलटोलमा शिक्षक पुगेर सिकाइ क्रियाकलाप सञ्चालन गरिएको छ”, प्रधानअध्यापक भण्डारीले भने , “विद्यालय खुलीहाल्यो भने भवनमा पठनपाठन गर्न सक्ने अवस्था छैन ।” 

गत असार अन्तिम हप्ताको भीषण वर्षाका कारण विद्यालय रहेको ढाडटोलमा जमिन धाँजा फाटेर चिराचिरा परेको थियो । भूमिगत पहिरोले जमिन विस्तारै चिराचिरा पर्ने र धाँजा फाट्ने क्रमसँगै भवन भत्किएको हो । विद्यालयमा भएका २० कोठे कक्षाकोठा भवन र छ शौचालयका भवन भत्किएका छन् । जमिनको सतह नमिलेपछि चिराचिरा परेर पर्खाल भत्किने, छानो खस्ने गरेको छ । कुनै पनि भवन बस्न योग्य छैनन् । ढाँडटोलका करिब ७५ घरधुरी पनि सो पहिरोका कारण जोखिममा परेका छन् । बाहिर नदेखिए पनि भित्रभित्रै जमिन बगेर बस्ती नै बस्नका लागि अयोग्य भएको स्थानीयवासीले बताएका छन् । 

कक्षा १० सम्मको पठनपाठन हुने किसानी माविमा २२५ विद्यार्थी छन् । पुरानो ठाउँको भवन, खेलमैदान पहिरोले छियाछिया बनाएपछि धारापानीकै किमको बोट भन्ने ठाउँमा विद्यालय स्थानान्तरण र भवन पुनःनिर्माणका लागि जग्गा जुटाएको ब्यवस्थापन समितिका अध्यक्ष किरन थापाले बताए । चक्रबहादुर थापा र पूर्णबहादुर थापाले पाँच रोपनी जग्गा विद्यालयलाई निःशुल्क उपलब्ध गराएका छन् । मूल सडकदेखि जग्गामा पुग्ने ठाउँसम्म सहायक सडक पु¥याउन स्थानीय होमबहादुर थापा, रामबहादुर थापा, दानबहादुर थापा, प्रकाश पुर्जा, खिमदल थापा, सूर्य थापा, चन्द्रबहादुर थापा, अर्जुन थापा र राजन थापाले जग्गा दिने घोषणा गरेका छन् । 

चार मिटर फकाकिलो बाटो बनाउन जग्गा दिएका हुन् । गाउँपालिकाले विद्यालय भवन स्थानान्तरण र पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको जनाएको छ । डिपिआरअनुसार भवन पुनःनिर्माणका लागि आर्थिक स्रोतको खोजी गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x