वोमी लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ?



ज्ञानमाण्डू।वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक २५ गते, बिहिबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा २० प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैंयाको २० प्रतिशतले हुन आउने ८ करोड २३ लाख ८८ हजार ८८० रुपैँया बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त एक आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु भइसकेका कारण आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधाको उपयोग गरिने लघुवित्तले जनाएको छ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने वोमी वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको हो । आर्थिक वर्ष २०७६/७७ मा वोमी लघुवित वित्तिय संस्था लिमिटेडले ३० प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x