वन रक्षक नहुँदा चोरी निकासीमा वृद्धि

ज्ञानमाण्डू।डडेल्धुरामा सशस्त्र वन रक्षक नहुँदा डडेल्धुराका वनमा चोरी तस्करी बढ्दै गएको छ । डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा जिल्लामा सवडिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय गरी आठ डिभिजन वन कार्यालयमा ३१ जनाको दरबन्दी सशस्त्र वन रक्षक भए पनि जिल्लामा एक जना पनि सशस्त्र वन रक्षक नहुँदा जिल्लामा चोरी तस्करी बढ्दै गएको स्थानीयवासीको भनाइ छ । 

डडेल्धुरा जिल्लाको भूगोलमा ७५.८ प्रतिशत वन क्षेत्र फैलिएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद अचार्यले जानकारी दिए । जिल्लामा रहेका झन्डै ५०० सामुदायिक क्षेत्रले ओगटेको भए पनि वन रहे पनि दरबन्दीभन्दा ५० प्रतिशत मात्र कर्मचारी र सशस्त्र वन रक्षक नहुँदा चोरी तस्करी नियन्त्रणमा समस्या भएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख अचार्यले बताए । कर्मचारी अभाव र वन क्षेत्रले ओगटेको भू–भाग ठुलो भएका कारण चोरी तस्करी न्यूनीकरण गर्न कठिनाइ भइरहेको उनले बताए । 

जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्रमा सबैभन्दा बढी चोरी तस्करी भइरहेको देखिन्छ । दुई पालिका भएर कञ्चनपुर र कैलाली हुँदै बढी तस्करी भइरहेको आलिताल गाउँपालिका स्थानीय सिपी जोशी बताए । 

डडेल्धुराको सीमाक्षेत्रमा रहेका घाँटहरुमा त्यस क्षेत्रमा रहेका प्रहरी चौकीको जिम्मा दिए पनि आवश्यक प्रहरी नहुँदा विभिन्न खाले तस्करी हुने गरेको स्थानीयवासीको गुनासो छ । जिल्लामा सशस्त्र प्रहरी बल नभएकाले नेपाल प्रहरीको नेतृत्वमा नै सीमाको सुरक्षामा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x