आज देखि श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनकाे आईपीओ विक्री खुल्ला


ज्ञानमाण्डू। श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजारसम्म तोकेको छ। सो कम्पनीले जारी पूँजी रु. १ अर्ब ५९ कराेड ३०लाखको १५ प्रतिशतले हुने आउने प्रतिशेयर रु.१०० अङ्कित दरका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीले निष्कासन गर्ने २३ लाख ८९ हजार ५०० कित्ता शेयर मध्ये १ लाख १९ हजार ४७५ कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरि बाँकी २२ लाख ७० हजार २५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) साउन ८ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन १८ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x