नेप्सेमा सोमबार ३ कम्पनीको २ करोड १३ लाख अधिक बोनस शेयर सूचीकृत, हेर्नुहोस् कुनको कति ?



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, बैशाख २७ गतेका दिन एक वाणिज्य बैंक, एक विकास बैंक र एक लघुवित्त गरेर कुल तीनवटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार प्राइम कमर्सियल बैंक लिमिटेड, साहारा विकास बैंक लिमिटेड र गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडको गरि कुल २ करोड १३ लाख ११ हजार ८७९.७९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

जस मध्य, प्राइम कमर्सियल बैंक लिमिटेडको कुल २ करोड ९ लाख ७७ हजार ८ सय ७४ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने साहारा विकास बैंक लिमिटेडको कुल १ लाख ६७ हजार ८ सय ८८ दशमलव ०४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यता, गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडको पनि कुल १ लाख ६६ हजार ११७ दशमलव ५ ० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । प्राइम कमर्सियल बैंक लिमिटेडको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।


सोमबार सूचीकृत भएको साहारा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । साहारा विकास बैंक लिमिटेडको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।



त्यस्तै, सूचीकृत भएको गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले पनि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।

शेयरधनीहरुको डिम्याट खातामा आएपछि उक्त बोनस शेयरहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x