प्रजातन्त्र तथा निर्वाचन दिवस मनाइने

ज्ञानमाण्डू।झापामा ७० औँ प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस भव्यरुपमा मनाउने तयारी गरिएको छ । बिहीबार बसेको जिल्ला समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते ७० औँ प्रजातन्त्र र निर्वाचन दिवसलाई भव्यरुपमा मनाउने निर्णय गरेको हो । 

जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले फागुन ६ गते भद्रपुर नगरपालिकाभित्रका माविस्तरीय विद्यालयबिच ‘लोकतन्त्र र निर्वाचन’ विषयक वक्तृत्व कला प्रतियोगिता गर्ने निर्णय गरेको छ । सोको संयोजन निर्वाचन कार्यालय र जिल्ला शिक्षा समन्वय एकाइ समितिले गर्ने छन् । सोही दिन बिहान मेची अञ्चल अस्पतालमा विराट सामुदायिक अध्ययन केन्द्रको अगुवाइमा सरसफाइ र सोही दिन बेलुका ६ बजे जिसस अगाडि ट्रेड युनियन चोकमा दीपावली गर्ने निर्णय बैठकले गरेको छ ।

समितिका संयोजक पोर्तेलले फागुन ७ गते बिहान चन्द्रगढीको लेखनाथ चोकबाट प्रभावतफेरी निकाली जिससको सभाहलमा पुगी राष्ट्रियता झल्कने सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार ७ गते बेलुका भद्रपुर जेसीजको आयोजनामा झापा चोकमा दीपावली गर्ने र फागुन ८ गते बिहान मेची अञ्चल अस्पतालमा भद्रपुर उद्योग वाणिज्य सङ्घको संयोजनमा बिरामीलाई फलफूल वितरण गरिनेछ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राजनीतिक दल र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी रानामगरले सबै स्थानीय तहमा केन्द्रीय र सङ्घीय सरकारले पठाएको निर्देशनअनुसार प्रजातन्त्र र निर्वाचन दिवस मनाउन परिपत्र गरिने जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x