अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

ज्ञानमाण्डू।सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन् । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार क्लिन्टनलाई नयाँ चान्सलरमा नियुक्त गरिएको घोषणा गरेको हो । सो विश्वविद्यालयले सन् २०१८ को अक्टोबरमा क्लिनटनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो । 

क्लिन्टन सो विश्वविद्यालयकी ११ औँ चान्सलरका रूपमा नियुक्त हुँदै पहिलो महिला चान्सलर भएको विश्वविद्यालयका अधिकारीहरूले जनाएका छन् । संवैधानिक पद मानिने चान्सलरको रूपमा क्लिन्टनले मुख्य तीन ओटा भूमिका खेल्नु पर्ने विश्वविद्यालयले जनाएको छ । स्नातकोत्तर सभाको अध्यक्षता गर्ने, विश्वविद्यालयको दूतका रूप रहने र सल्लाहकारको भूमिका खेल्ने गरी मुख्य तीन भूमिका हुने अधिकारीहरूको भनाई छ । 

चान्सलरले विश्वविद्यालयको उच्च तहको व्यवस्थापनलाई मार्गदर्शन तथा परामर्श दिने प्रचलन रहेको छ । अहिले नियुक्त भएको चान्सलरको जिम्मेवारी उनको यही जनवरीदेखि सुरु भएर आगामी पाँच वर्षसम्म रहने विश्वविद्यालयले जनाएको छ । 

क्लिनटन सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा चुनावी प्रतिस्पर्धामा उभिएकी थिइन् । त्यसअघि उनी अमेरिकी विदेश मन्त्री पनि रहेकी थिइन् ।रास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x