ग्रामीण विकास लघुवित्तमा राेजगारीकाे अवसर

grameen bikas laghubitta

Click here to join Gyanmandu.com's Viber Community

(प्रथम पटक प्रकाशित मिति २०७८/१२/०४)
विज्ञापन नं : ०१/२०७८/७९
पद संख्या : ०१

यस संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकोले देहायको न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र (कार्यालय समयभित्र) यस संस्थाको प्रधान कार्यालय बटवल वा प्रदेश कार्यालय वा शाखा कार्यालय बढानिलकण्ठमा आवेदन दिनहन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. न्यूनतम शैक्षिक योग्यता र अनुभवः
(क) मान्यताप्राप्त शिक्षण संस्थावाट चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र, कानून, सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातक उपाधि हासिल गरेको।
(ख) बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ३ (तीन) वर्षको कार्य अनुभव हासिल गरेको ।
(ग) उमेरको हद दरखास्त दिने अन्तिम मितिसम्म ४० (चालिस) वर्ष पूरा भई ६० (साठी) वर्ष ननाघेको हुनुपर्ने छ ।

२. दरखास्तसाथ पेश गर्नपर्ने कागजात तथा विवरणहरु :
(क) शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (इमेल, टेलिफोन, मोबाइल नम्बर,घर वा कार्यालयको ठेगाना) सहितको विस्तृत वैयक्तिक विवरण (Bio-Data) को प्रत्येक पानाको अन्तमा आवेदकले दस्तखत गरी २ प्रति पासपोर्ट साइजको फोटो सहित पेश गर्नुपर्ने छ।
(ख) नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनभव पृष्ट्याई गर्ने कागजातको प्रतिलिपिहरु उम्मेदवार स्वयम्ले प्रमाणित गरी आवेदनसाथ छट्टै खाममा पेश गर्नुपर्ने छ।
(ग) विदेशी शैक्षिक संस्थाहरुबाट उत्तीर्ण दरखास्तवालाहरुले त्रिभुवन विश्वविद्यालयबाट समकक्ष मान्यताको प्रमाणपत्र पेश गर्नुपर्ने छ।
(घ) उम्मेदवारले आफ्नो दरखास्तसाथ ५००० (पाँच हजार) शब्दमा नबढ्ने गरी (अनसचि बाहेक) व्यवसायिक योजना (Business Plan) छट्टै खामको बाहिरपट्टि नाम ठेगाना उल्लेख गरी शिलबन्दी गरी पेश गर्नुपर्ने छ । उक्त व्यवसायिक योजना A4 साईज कागजमा चारैतर्फ १" मार्जिन छाडी एकतर्फ टाइप गरिएको हुनुपर्ने छ । व्यवसायिक योजनाको प्रत्येक पृष्ठको अगाडिपट्टि कुनै संकेत उल्लेख गर्न पाइने छैन र पछाडीपट्टी उम्मेदवारले दस्तखत गर्नुपर्ने छ। आवेदन पेश गर्दा शिलबन्दी खामको बाहिर उम्मेदवारको नाम साथै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकत पदका लागि आवेदन/व्यवसायिक योजना उल्लेख हुनुपर्ने छ।
(ङ) दरखास्त दस्तुर वापत रु.३,०००। (अक्षरुपी तीन हजार मात्र) नेपाल बैंक लि., खस्यौली शाखा , बुटवलमा रहेको यस संस्थाको खाता नं. ०६१००१००३५७८,३७०००००१ मा जम्मा गरी सोको सक्कल भौचर आवेदनमा संलग्न गर्नपर्ने छ।
(च) उम्मेदवारले दरखास्त साथ स्वःघोषणा फारम पेश गर्नुपर्ने छ ।

३. पारिश्रमिक:
प्रमुख कार्यकारी अधिकृतलाई करारमा उल्लेख भएको शर्तहरुको आधारमा मासिक रु.१,२०,००० (अक्षरुपी एक लाख बीस हजार मात्र) हुनेछ र अन्य सुविधा करारमा उल्लेख भए बमोजिम संस्थाको नियमानुसार प्रदान गरिने छ। 

४. छनौट प्रकया: 
(क) शैक्षिक योग्यता र कार्य अनुभवको मूल्याङ्कनको आधारमा उम्मेदवारहरु पाँच जनाभन्दा बढी भएमा ती मध्ये कम्तीमा पाँच जना उम्मेदवारलाई सर्ट लिष्टिङ्ग (Short Listing) गरी वर्णानुकम अनुसार व्यवसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट गरिने छ।
(ख) छनौटमा परेका उम्मेदवारहरुको व्यवसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता तोकिएको मिति, समय र स्थानमा सञ्चालन गरिने छ ।
(ग) बँदा (ख) अनुसार छनौट भएका उम्मेदवारमध्ये शैक्षिक योग्यता, अनुभव, व्यवसायिक योजनाको मूल्याङ्कन एवम् प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेतमा प्राप्त कूल अंकको आधारमा उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारलाई मुख्य उम्मेदवार र बढीमा दुई जनालाई वैकल्पिक उम्मेदवारको रुपमा सिफारिस गरिने छ।
(घ) प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्र एवम् आवेदनसाथ पेश गरेका अन्य कागजातहरुको सक्कल प्रति साथै लिई उपस्थित हुनुपर्ने छ।

५. अन्य विवरण :
(क) दरखास्त फारम र आवश्यक कागजातहरु यस संस्थाको प्रधान कार्यालय, बुटवल वा प्रदेश कार्यालय वा शाखा कार्यालय बुढानिलकण्ठमा पेश गर्नुपर्ने छ।
(ख) प्रमुख कार्यकारी अधिकृतको छनौट सम्बन्धी विस्तृत विवरण, कार्यक्षेत्रगत शर्त (TOR) तथा व्यवसायिक योजनामा समावेश गर्नुपर्ने विषय लगायतका विवरणहरु यस संस्थाको Website: www.gblbs.com.np मा राखिएको छ।
(ग) यस सम्बन्धी थप जानकारीका लागि संस्थाको प्रधान कार्यालय, बुटवलको फोन नं.०७१-४३८९५२ मा कार्यालय समयमा सम्पर्क गर्न सकिने छ।

Click here to join viber community for all Vacancy Updates.

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड,
प्रधान कार्यालय, बुटवल, रुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x