धितोपत्र बजारमा ७१.२० अंकको वृद्धि, नेप्से परिसूचक २५९१.४२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१ दशमलव २० अंकले बढेर २५९१ दशमलव ४२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ३८ अंकले बढेर ४८२ दशमलव ७४ को विन्दुमा पुगेको छ ।

आज कूल २३१ कम्पनीका ८६ लाख ०१ हजार ९५६ कित्ता शेयर रु ५ अर्ब १७ करोड ३२ लाख ०० हजार ५०३ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये दुर्इ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २० दशमलव ४५ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २१ दशमलव ३३ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४८.४७ अङ्कले, विकास बैंक उपसमूह ५१.५८ अङ्कले, निर्जीवन बीमा ९०७.१ अङ्कले, उत्पादन उपसमूह ३५५.३४ अङ्कले, अन्य उपसमूह ५०.४३ अङ्कले, लघुवित्त उपसमूह १७२.६६ अङ्कले, जीवन बीमा १३०२.३१ अङ्कले, सामूहिक लगनी कोष शुन्य दशमलव ११ अङ्कले र लगानी उपसमूह २ दशमलव ३८ अङ्कले बढेको छ । यता, जलविद्युत उपसमूह ३.४६ अङ्कले घट्दा वित्त उपसमूह २४ दशमलव २ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x