स्वाभिमान लघुवित्तकाे नाफामा ०.८ प्रतिशतकाे वृद्धि

Swabhimaan Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ०.८ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५ कराेड २३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५ कराेड २७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१२ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वाभिमान लघुवित्तले २ अर्ब ७ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वाभिमान लघुवित्तले १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ८ करोड १८ लाख रुपैयाँ रहेको छ।

स्वाभिमान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.७ प्रतिशतले बढेर १२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ०.८५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ २३ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १७४५ काे आधारमा मूल्य आम्दानी अनुपात ४०.३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x