प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवल प्रा. लि. का बिच आकर्षक छुट गर्ने सम्झौता


ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र दियालो फुडल्याण्ड बुटवल प्रा.लि.का बिच र दियालो फुडल्याण्ड बुटवल प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख श्री सरोज ज्ञवाली र दियालो फुडल्याण्ड बुटवल प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री मदन भण्डारीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र दियालो फुडल्याण्ड बुटवल प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरूले दियालो फुडल्याण्ड बुटवल प्रा.लि.द्वारा सञ्चालित रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा “फुड” मा १५ प्रतिशत र “वेभरेज” मा १० प्रतिशत छुट प्राप्त हुने कम्पनीले जनाएको छ।

उक्त सम्झौता अन्तर्गत दियालो फुडल्याण्ड बुटवल प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, दियालो फुडल्याण्ड बुटवल प्रा.लि का सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x