धितोपत्र बजारमा १९.१२ अंकको वृद्धि, नेप्से परिसूचक २८४३.०० को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक
दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव १२ अंकले बढेर २८४३ दशमलव ०० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ३३ अंकले बढेर ५२८ दशमलव ७१ को विन्दुमा पुगेको छ ।
 
आज कूल २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता शेयर रु ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये एक उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ३ दशमलव १३ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १९ दशमलव ३८ अङ्कले, होटल तथा पर्यटन उपसमूह १३८.५५ अङ्कले, विकास बैंक उपसमूह १५२.८३ अङ्कले, जलविद्युत २१.८३ अङ्कले, वित्त उपसमूह ६३.५६ अङ्कले, उत्पादन उपसमूह २.३६ अङ्कले, अन्य उपसमूह ३६.९२ अङ्कले, लघुवित्त उपसमूह २.२३ अङ्कले, जीवन बीमा ७४.७४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १५ अङ्कले र लगानी उपसमूह १ दशमलव २२ अङ्कले बढेको छ । यता, निर्जीवन बीमा ५.७ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x