टोटेनहमद्वारा एस्टन भिल्ला पराजित

ज्ञानमाण्डू। इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको सुरुवाती समयमा पछि परेता पनि टोटेनहमले अन्तिम १७ मिनेटमा ३ गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । 

जोन म्याकगिनको गोलमार्फत खेलको ९औँ मिनेटमा एस्टन भिल्लाले अग्रता लिन सफल रह्यो ।टोटेनहमले जवाफी गोल फर्काउन नसक्दा, म्याकगिनकै गोलबाट एस्टन भिल्लाले पहिलो हाफसम्म १-० गोलको अग्रता बनायो ।

तर, टोटेनहमका तान्गे नेडोम्बेले ७३ औ मिनेटमा गोअल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए । टोटेनहमका लागि ह्यारी केनले ८६ औ मिनेटमा दोस्रो गोल गर्दै २-१ को अग्रता दिलाए । निर्धारित समयको अन्तिम मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पार्न सफल रहे ।
यता, यसै सिजन प्रिमियर लिगमा पहिलो पटक स्थान बनाएको एस्टन भिल्लाले खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि गोल गर्न भने सकेन । जितसँगै टोटनहमले ३ अंंक जोडेको छ । नवप्रवेशी भिल्ला क्लब पहिलो खेलमा अङ्क जोड्न असफल भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x