वाणिज्य बैङ्कहरूकाे निक्षेपमा ४७ अर्बकाे वृद्धि


ज्ञानमाण्डू। असार २४ गते देखि असार ३२ गतेको अवधिमा वाणिज्य बैंकहरुमा ४७ अर्बले निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएशनले प्रदान गरेकाे तथ्याङ्क अनुसार असार ३२ गते सम्म वाणिज्य बैङ्कहरूमा ४५ खर्ब ४१ अर्ब निक्षेप पुगेकाे थियाे भने साेही अवधिसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेका थिए । तर समिक्षा अवधिमा कर्जा प्रवाहमा भने १ अर्बकाे वृद्धि भएकाे थियाे ।

त्यस्तै जेष्ठ मसान्त र असार ३२ काे तुलनामा वाणिज्य बैङ्कहरूकाे निक्षेपमा १ खर्ब ४१ अर्बकाे वृद्धि देखिएको थियाे भने साेही अवधिसम्म कर्जा प्रवाहमा भने १८ अर्बकाे गिरावट आउँदा औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८६.४१ प्रतिशत कायम भएकाे थियाे। जेष्ठ मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४४ खर्ब पुगेकाे थियाे भने कर्जा रकम ४१ खर्ब ९३ अर्ब थियो ।

असार ३२ गते वाणिज्य बैङ्कहरूकाे कुल निक्षेपमा ४४ खर्ब ३३ अर्ब स्वदेशी मुद्रा र १ खर्ब ९ अर्ब विदेशी मुद्रा रहेकाे छ भने कर्जा प्रवाह तर्फ गर्दा ४१ खर्ब ४० अर्ब स्वदेशी मुद्रामा र ३५ अर्ब विदेशी मुद्रामा कर्जा प्रवाह भएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x