धोनी र राहुलको शतकमा बंगलादेश माथि भारतको जित

ज्ञानमाण्डू।सोफिया गार्डेन्समा मंगलबार राति भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिएको ३६० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर ३ बलमा सबै विकेटको क्षतिमा २६४ रन मात्रै बनाउन सक्यो ।

बंगलादेशका मुश्फिक्युर रहिम तथा लिटोन दास दुवैले क्रमश:९० र ७३ रनको अर्धशतकीय इनिङ्स खेले साथै मेहेदी हसन मिराजले २७ रन जोड्न स्फल भएतापनी टोलीलाई जित दिलाउन सकेनन् । एता बलिङतर्फ भारतका कुलदिप यादव र युजभिन्द्र चाहालले समान ३/३ विकेट लिए ।

टस हारेर प्रथम ब्याटिङका लागि चयन भएको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा ३५९ रन बनाएको थियो । भारतका लागि महेन्द्र सिंह धोनी र लोकेश राहुलले क्रमश:११३ र १०८ रनको शतकीय इनिङ्स खेले । भारतका टोलिका कप्तान विराट कोहली भने ४७ रनमा आउट भए ।बलिङतर्फ बंगलादेशका रुबेल हुसेन र शाकिब अल हसनले २/२ विकेट लिए ।

विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x