साना किसान विकास लघुवित्तमा राेजगारीकाे अवसर



Click here to join viber community for all Vacancy Updates.

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र सीप परियोजना बीच भएको सम्झौता अनुसार Capacity Development and Financing to Migrant Workers कार्यक्रमका लागि करार सेवामा तपसिल अनुसार जनशक्तिको आवश्यकता भएको हुँदा तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकले आफ्नो शैक्षिक योग्यता, नागरिकता, तालिम र अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपीहरू एवं यस वित्तीय संस्थाले तोकेको ढाँचाको दरखास्त फाराम (अनुसूची-१.१) भरी यो सूचना पत्रिकामा प्रकाशित मितिले १५ दिन भित्र (दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा त्यस पछि कार्यालय खुल्ने पहिलो दिन) कार्यालय समय भित्रमा तलको ठेगानामा आवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ। रीत नपुगेको तथा तोकिएको समय भन्दा पछि प्राप्त हुने आवेदन उपर कुनै कारवाही गरिने छैन । आवेदन फाराम बुझाउदा दरखास्त दस्तुर वापत रु.५००।- (अक्षरेपी रु. पाँच सय) मात्र यस वित्तीय संस्थाको प्रभु बैंक लि. टेकमा रहेको खाता नं. ११४००७२८५०२०००३५ मा जम्मा गरी भौचरको सक्कल प्रति दरखास्त साथै समावेश गर्नु पर्नेछ । छनौट सूची (Short Listing) मा परेका उम्मेदवारहरूलाई मात्र मामिला प्रस्तुतीकरण (Case Presentation) तथा अन्तर्वार्ताका लागि बोलाईने छ।

 

विज्ञापन न. : १ /२०७९/८०
पद : Monitoring, Reporting and Knowledge Management(MRKM) Specialist
पद संख्या : १ (एक)
करार अवधि : २०२३
सुविधा : मासिक तलब रु. पचासी हजार (८५,०००/-) र वार्षिक एक महिनाको तलब दशै खर्च तथा व्यवस्थापनले तोके अनुसारको दैनिक तथा भ्रमण खर्च ।
काम गर्नुपर्ने स्थान : वित्तीय संस्थाको केन्द्रीय कार्यालय, काठमाडौँ ।
आवश्यक शैक्षिक योग्यता तथा अनुभव :

  • कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी दातृ संस्थाको परियोजनामा Monitoring Reporting Knowledge Management सम्बन्धी कम्तिमा दुई (२) वर्ष कार्य अनुभव भएको, वा 
  • कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी दातृ संस्थाको परियोजनामा Monitoring Reporting Knowledge Management कम्तिमा तीन (३) वर्ष कार्य अनुभव भएको।
  • बेसिक कम्प्युटर सम्बन्धी जान भएको ।  
  • अंग्रेजी र नेपाली टाइपिङ्ग सम्बन्धी ज्ञान भएको ।  
  • दई पांग्रे सवारी साधन सञ्चालन अनुमती पत्र भएको ।

उमेरको : दस्तखत दिने अन्तिम मितिमा १८ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने ।

विज्ञापन न. : २ / २०७९/८०
पद :
Field Coordinator
पद संख्या : ५ (पाँच)
करार अवधि : २०२३ डिसेम्बर ३१ सम्म
सुविधा : मासिक तलब रु. पचासी हजार (८५,०००/-) र वार्षिक एक महिनाको तलब दशै खर्च तथा व्यवस्थापनले तोके अनुसारको दैनिक तथा भ्रमण खर्च ।
काम गर्नुपर्ने स्थान : वित्तीय संस्थाको इलाका कार्यालय बर्दिबास, हेटौडा र नेपालगंजमा रहने गरी व्यवस्थापनले तोकेको स्थानमा।
आवश्यक शैक्षिक योग्यता तथा अनुभव :
 

  • कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैङ्क तथा वित्तीय संस्था वा कृषि सहकारी संस्था वा दातृ संस्थाको परियोजनामा कम्तिमा दुई (२) वर्ष कार्य अनुभव भएको, वा
  • कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी बैङ्क तथा वित्तीय संस्था वा कृषि सहकारी संस्था वा दातृ संस्थाको परियोजनामा कम्तिमा तीन (३) वर्ष कार्य अनुभव भएको, वा
  • कुनै पनि विषयमा प्रवीणता प्रमाणपत्र (+2) तह उत्तीर्ण गरी बैङ्क तथा वित्तीय संस्था वा कृषि सहकारी संस्था वा दातृ संस्थाको परियोजनामा कम्तिमा पाँच (५) वर्ष कार्य अनुभव भएको।
  • बेसिक कम्प्यूटर सम्बन्धी ज्ञान भएको ।
  • अंग्रेजी र नेपाली टाइपिङ्ग सम्बन्धी ज्ञान भएको । 
  • दई पांग्रे सवारी साधन सञ्चालन अनुमती पत्र भएको ।

उमेरको : दस्तखत दिने अन्तिम मितिमा १८ वर्ष पुरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने ।

बिदा सुविधा : (१) मासिक १ दिन भैपरी बिदा र १ दिन बिरामी बिदा ।

बीमा सुविधा : रु.२० लाखसम्मको दुर्घटना र रु.१ लाखसम्मको स्वास्थ्य बीमा सेवा अवधिभर कायम रहने गरी बीमा गरिने छ।

परीक्षाको किसिम : मामिला प्रस्तुतीकरण (Case Presentation) तथा अन्तर्वार्ता ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.
केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं, नेपाल
फोन : ०१-४१११८९५/५३२०९१३/५९०९६१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x