आज कुन कुन कम्पनीले गरे लाभांश प्रस्ताव ?

ज्ञानमाण्डू।आज सोमबार दुई कम्पनी सिनर्जी पावर डेभलपमेण्ट र गुराँस लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका छन्। कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/ ७८को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यसैगरी, कम्पनीले चुक्ता पूँजीको दुई बराबर १ अर्थात २:१ (५०%) शेयर जारी गर्न आगामी वार्षिक साधारण सभामा प्रस्ताव लाने भएको छ। सिनर्जी पावरको १०४औं संचालक समितिले गरेको लाभांश र हकप्रद शेयर सम्बन्धी उक्त निर्णय साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्ने छन् ।

त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/ ७६ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ५ दशमलव ५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गुराँस लाइफको उक्त लाभांश सम्बन्धी प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x