नाफा कमाउनमा मुक्तिनाथ विकास बैङ्क नै अगाडि, ३ विकास बैङ्क अझै घाटामा

development banks of nepal

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको जेष्ठसम्म आइपुग्दा विकास बैङ्कहरूले ६ अर्ब अधिक रुपैयाँ नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेष्ठसम्ममा १४ वटा विकास बैङ्कहरूले ६ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् भने ३ विकास बैङ्कहरू अझै घाटामा रहेका छन्। यदि सबै विकास बैङ्कहरूको नाफा र नोक्सान मिलान गर्नेहाे भने जेष्ठसम्ममा विकास बैङ्कहरूको कुल नाफा ६ अर्ब २९ करोड रुपैयाँ पुगेको देखिन्छ । 

केन्द्रीय बैङ्कबाट उपलब्ध तथ्याङ्कलाई आधार मान्दा विकास बैङ्कहरू मध्ये ८ वटा बैङ्कहरूको मुनाफा औसत भन्दा धेरै रहेको देखिन्छ भने सोही वर्गका बाँकी अन्य संस्थाले समीक्षा अवधिमा औसत भन्दा कम नाफा कमाएको देखिन्छ। विकास बैङ्कहरूले औसतमा २३ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ भने ३ वटा विकास बैङ्क १४ करोड ५२ लाख रुपैयाँ घाटामा रहेको केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।
  • सर्वाधिक नाफा कमाउनमा मुक्तिनाथ विकास बैङ्क नै अगाडि, कुन विकास बैङ्कको नाफा कति छ?
चालु आर्थिक वर्षको जेष्ठसम्ममा मुक्तिनाथ विकास बैङ्क सर्वाधिक नाफा कमाउने विकास बैङ्क भएको छ । मुक्तिनाथ विकास बैङ्कले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ। यसै गरी मुक्तिनाथ विकास बैङ्क पश्चात् सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैङ्क रहेको छ। सो बैङ्कले ९७ करोड रुपैयाँ नाफा कमाएको छ। सोही अवधिमा महालक्ष्मी विकास बैङ्कले ९३ करोड १७ लाख, ज्योति विकास बैङ्कले ६९ करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गर्दा कामना सेवा विकास बैङ्कले ६४ करोड ७५ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले ६१ कराेड ५५ लाख र लुम्बिनी विकास बैङ्कले ५९ कराेड ८ लाख रुपैयाँ नाफा कमाएका छन्।

समीक्षा अवधिमा साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले ४८ करोड ५६ लाख, मितेरी डेभलपमेन्ट बैङ्कले १२ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गर्दा सिन्धु विकास बैङ्कले ५ कराेड १५ लाख, एक्सेल डेभलपमेन्ट बैङ्कले ३ कराेड ९१ लाख, ग्रिन डेभलपमेन्ट बैङ्कले १ कराेड ३३ लाख, कर्पाेरेट डेभलपमेन्ट बैङ्कले १ कराेड ११ लाख र सालपा विकास बैङ्कले २१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको तथ्याङ्कले जनाएको छ। 
  • सर्वाधिक घाटामा सप्तकोसी डेभलपमेन्ट बैङ्क, कुन विकास बैङ्कको घाटा कति ?
चालु आर्थिक वर्षको जेष्ठसम्म सप्तकोसी डेभलपमेन्ट बैङ्क सर्वाधिक घाटामा रहेको तथ्याङ्कले देखाएको छ। उक्त बैङ्क ६ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको देखिएको छ त्यस्तै कर्णाली डेभलपमेन्ट बैङ्क ६ कराेड ५७ लाख र नारायणी डेभलपमेन्ट बैङ्क १ कराेड ९ लाख रूपैयाँ घाटामा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x