अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


ज्ञानमाण्डू। अपि पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन (बैशाख १५) रहेको छ । कम्पनीले हकप्रद शेयरकाे निष्कासन तथा विक्री २०७८ साल चैत्र २५ गते देखि खुल्ला गरेको थियो।

साे कम्पनीको हाल कायम चुक्ता पुँजी रु. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार को आधारमा १ बराबर शुन्य दशमलव ३९३६ को अनुपातमा कम्पनीले हकप्रद शेयरकाे निष्कासन खुल्ला गरेको थियो। कम्पनीले प्रति शेयर रु.१०० अङ्कित दरकाे १ करोड ०८ लाख ६० हजार कित्ता हकप्रद शेयरकाे निष्कासन तथा विक्री खुल्ला गरेको थियो।

अपि पावर कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि चैत्र १४ गते एक दिनका लागि बुक क्लाेज गरेको थियो। जसको अनुसार चैत्र १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। उक्त कम्पनीको हकप्रद शेयर खरिदका लागि मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैङ्कको शाखा कार्यालय इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, विराटनगर र जनकपुरमा आवेदन पेस गर्न सकिनेछ।

त्यसका साथ-साथै ग्लोबल आइएमई बैङ्कको शाखा कार्यालय बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त कुनै बैङ्क तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन पेस गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x