असोज मसान्तसम्ममा सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा सुधार, वितरयोग्य मुनाफा भने ऋणात्मक


ज्ञानमाण्डू।सांग्रिला डेभलपमेन्ट बैङ्कको नाफा ७२.७१ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ३ कराेड १५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ५ करोड ४४ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

२ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सांग्रिला डेभलपमेन्ट बैङ्कले ४४ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७४ करोड ३३ लाख रुपैयाँ र संचित मुनाफा २७ कराेड ६० लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.०२ प्रतिशतले बढेर ३६ करोड ५० लाख रुपैयाँ पुगेकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो आम्दानी २६ करोड ४६ लाख रहेको थियो।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

बैंककाे निष्कृय कर्जा अनुपात १.६४ प्रतिशत र प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४२९ रुपैयाँ ५० पैसा काे आधारमा मूल्य आम्दानी अनुपात ५३.९५ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x