सोमबार नेप्सेमा २ लघुवित्तको २४ लाख कित्ता बोनस शेयर सूचीकृत



ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, अषाढ २१ गतेका दिन दुई लघुवित्त संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड र निर्धान उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको गरि कुल २४ लाख ३ हजार ४२१.७७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२ दशमलव ३९ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो। स्वरोजगार लघुवित्तको कुल ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।


निर्धान उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो। निर्धान उत्थान लघुवित्तको कुल १९ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।


शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x