कुमारी क्यापिटल लिमिटेड द्वारा आज नयाँ म्युचुल फण्ड निष्कासन


ज्ञानमाण्डू। कुमारी क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड "कुमारी धनवृद्धि योजना" जेठ १२ गते (आज) देखि निष्कासन गरेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाकाे निष्कासन बन्द हुने मिति जेठ १७ रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएकाे छ।

कम्पनीले निष्कासन गर्न लागिएकाे कुल इकाई १२ कराेड मध्ये कुल बिक्री भएकाे इकाई सङ्ख्याकाे न्यूनतम १५% (पन्ध्र प्रतिशत) अर्थात् १ कराेड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित राखी बाँकी रहेको न्यूनतम १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको कम्पनीले जनाएकाे छ । सो कम्पनीले प्रति इकाई मूल्य रू. १०/- अंकित दरले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेकाे कम्पनीले जनाएकाे छ ।

यस फण्डकाे इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका र आस्वा (ASBA) सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यलयहरूबाट पनि आवेदन पेस गर्न सकिनेछ।

यस फण्डकाे काेष प्रबन्धक कुमारी बैकं लिमिटेड र याेजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x