रु रु जलविद्युत परियोजनाको लाभांश वितरण गर्ने प्रस्ताव

ज्ञानमाण्डू। प्रति कित्ता १२०/- प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको रु रु जलविद्युत परियोजना लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल भाद्र १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व. २०७५/०७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ५.७९ प्रतिशतले हुन आउने लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश र गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश आगामी पन्ध्राै र सोह्राै वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने रु रु जलविद्युत परियोजना लिमिटेडले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x