ज्योति लाईफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम रु.४३ देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने




ज्ञानमाण्डू। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमितले प्राप्त गर्ने बोनसदर घोषणा गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको बोनसदर अनुसार ज्योति लाईफले जारी गरेका तिन किसिमका बीमालेख योजनाहरुमा न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । इन्स्योरेन्सले गत असोज ७ गते बीमा समितिबाट बीमाङ्कीय मूल्याङ्कन प्रतिवदेन स्वीकृत भए सँगै मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुमा उक्त अवधिको लागि प्रति वर्ष प्रति हजार बीमाङ्क रकमका आधारमा निर्धारण गरेको हो ।

  • सावधिक जीवन बीमालेख:

सावधिक जीवन बीमालेखको हकमा इन्स्योरेन्सले न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको १८ हजार ७ सय ३६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिका बीमितले प्रतिहजार बापत ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

  • सावधिक तथा आजीवन बीमालेख:

सावधिक तथा आजीवन बीमालेखको हकमा पनि इन्स्योरेन्सले न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि अवधिको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनसदर तोकेको छ ।

इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत सर्वाधिक १५ देखि १९ वर्ष अवधिको ४ हजार २ सय ८३ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिका बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

  • अग्रिम भुक्तानी बीमालेख:

अग्रिम भुक्तानी बीमालेखको हकमा इन्स्योरेन्सले न्युनतम ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । इन्स्योरेन्सले अग्रिम भुक्तानी बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनसदर तोकेको इन्स्योरेन्सले जनाएको छ ।

यस बीमालेख अन्तर्गत इन्स्योरेन्सले सबैभन्दा धेरै २० देखि २४ वर्ष अवधिको २ हजार २ सय ९८ वटा बीमालेख विक्री गेको छ । यस अवधिका बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस पाउनेछन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x