न्यु रोडको स्मार्टपार्किङ आजबाट सञ्चालन

ज्ञानमाण्डू।काठमाडौँको न्यु रोड बजार क्षेत्रमा आजबाट स्मार्ट पार्किङ सेवाको सुरुआत गरिएको छ । काठमाडौँ महानगरपालिकाले अव्यवस्थित पार्किङ तथा सवारी जामको नियन्त्रण गर्नका लागि आजै (आइतबार) देखि स्मार्ट पार्किङ सञ्चालनमा ल्याएको हो ।काठमाडौँ महानगरपालिकाले व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडका विभिन्न स्थानमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज बिहान विशेष समारोहमा स्मार्ट पार्किङको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले स्मार्ट पार्किङबाट महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।मेयर शाक्यले महानगरपालिकाले सवारी व्यवस्थापनका लागि एकपछि अर्को प्रयत्न गरिरहेको र त्यो लोकप्रिय बन्दै गएको दाबी पनि उक्त अवसरमा गरे ।

उक्त पार्किङमा आफ्नो सवारीसाधन पार्क गर्नका लागि ‘केएमसी पार्किङ’ एप्स डाउनलोड गरी सेवा लिन सकिने काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।उपभोक्ताले मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।पार्किङको लागि १५ मिनेट पहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ ।तर आफूले बुक गरेको १५ मिनेटभित्रमा सवारीसाधन नआएमा उक्त पार्किङ स्वतः खारेज हुनेछ ।काठमाडौँ महानगरपालिकाले आइतबारदेखि  न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्म पथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थान गर्दै पाँच स्थानमा सः शुल्क स्मार्ट पार्किङ सञ्चालन गरेको छ।

पहिलो चरणमा स्मार्ट पार्किङको सुविधा विशाल बजार र धर्मपथमा उपलब्ध हुनेछ भने क्रमशः न्यूरोडको प्यूखा, खिचापोखरी, पाको र दरबारमार्गमा पनि यो सुविधा उपलब्ध हुँदै जानेछ ।

स्मार्ट पार्किङ स्टेसनमा एकपटकमा झन्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ । स्मार्ट पार्किङ सेवाले १०० जनालाई रोजगारी दिनेछ ।त्यस्तै, स्मार्ट पार्किङस्थलको शुल्क दुईथरि निर्धारण गरिएको छ । महानगरपालिकाका अनुसार, दुई पाङ्ग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपांग्रेका लागि ८० तोकिएको छ ।

सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x