मेगा बैंक बन्यो एसियाली विकास बैंकको साझेदार बैंक


ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको जानकारी दिएको छ ।नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको हो । 

दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमुलक उद्योग व्यवसायलाई प्रबर्धन गर्ने उद्देश्यले एसियाली विकास बैंकले अन्तरदेशीय ब्यापारका लागि ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ । नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादनमुलक क्षेत्रलाई प्रबर्धन गर्ने उद्देश्यले नै मेगा बैंक र एडीबीको यो साझेदारी भएको बैंकले जनाएको छ ।

यस साझेदारीपछि मेगा बैंकमार्फत अन्तर्राष्ट्रिय ब्यापार तथा व्यवसाय गर्ने ग्राहकहरुलाई अब कारोबार गर्न सहज हुने बैंकले जनाएको छ । 

सामान आयात तथा निर्यातका लागि प्रतीत पत्र जारी गर्दा एसियाली विकास बैंकले प्रत्याभुति पत्र (ग्यारेन्टी) दिने काम गर्छ । जसले नेपालको व्यवसाय प्रबर्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि पनि सहयोग मिल्ने मेगा बैंक नेपाल लिमिटेडको विश्वास रहेको बैंकले जनाएको छ । 

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली भन्नुहुन्छ– ‘एडीबीको साझेदार बन्न पाउनु मेगा बैंकका लागि गर्वको कुरा हो, मेगा बैंकका ग्राहकहरुलाई अब अन्तरदेशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x