धितोपत्र बजारमा २.९४% को गिरावट, नेप्से २६५१.४९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८० दशमलव २९ अंकले घटेर २६५१ दशमलव ४९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १४ दशमलव १९ अंकले घटेर ५०१.४६ को विन्दुमा पुगेको छ ।

आज कूल २३४ कम्पनीका १ करोड १९ लाख ०३ हजार २०२ कित्ता शेयर रु ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ०५४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ३४ दशमलव ९७ अङ्कले घट्दा ट्रेडिङ उपसमूह १५९ दशमलव १७ अङ्कले, होटल तथा पर्यटन उपसमूह १४७.०९ अङ्कले, विकास बैंक उपसमूह २६७.२५ अङ्कले, जलविद्युत उपसमूह १३२.०२ अङ्कले, वित्त उपसमूह ६८.०८ अङ्कले, निर्जीवन बीमा ३८५.९४ अङ्कले, उत्पादन उपसमूह १९२.४१ अङ्कले, अन्य उपसमूह ६८.२ अङ्कले, लघुवित्त उपसमूह १३९.४ अङ्कले, जीवन बीमा उपसमूह ५३८.०३ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २२ अङ्कले र लगानी उपसमूह २ दशमलव २९ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x