सिर्जना शाश्वत हुनुपर्छ

ज्ञानमाण्डू।नेपाली लेखक सङ्घ कास्कीद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रमका सहभागीले साहित्य वर्गीय हुन नसक्नेमा जोड दिइएका छन् । सङ्घको चौथो अधिवेशन,लेखक वर्ष कृति पुरस्कार (गण्डकी) प्रदान तथा स्रष्टा सम्मान कार्यक्रमका वक्ताले साहित्य सिर्जना शाश्वत मूल्यका लागि हुनुपर्ने बताए ।

लेखक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा विष्णुबिभु घिमिरेले सिद्धान्तको पर्खालभित्र बसेर साहित्य लेखन हुन नसक्ने र लेखन क्षेत्रमा नयाँपुस्तालाई अभिप्रेरित गर्दै अघि बढाउन आवश्यकता रहेको बताए । 

नेपाली लेखक सङ्घका केन्द्रीय महासचिव रत्नमणि नेपालले वर्गीयतामा नभई शाश्वत मूल्यका लागि साहित्य लेखन हुनुपर्नेमा जोड दिए । वरिष्ठ कवि तीर्थ श्रेष्ठले स्वतन्त्रताका अभावमा लेखन हुन नसक्ने र लेखक पार्टी विशेषको भरौटे बन्न नसक्ने धारणा राखे । लेखक फस्टाउनका लागि लेखकीय स्वाभिमान हुनुपर्ने उनले बताए ।

अर्का साहित्यकार शारदा पौडेलले विसं २००८ मा बिपी कोइरालालगायतका व्यक्तित्वबाट सुरु भएको नेपाली लेखक सङ्घको विशिष्ट गरिमा र महत्त्व रहेको बताउँदै समग्र नेपाली साहित्यको उत्थानमा यसको भूमिका महत्त्वपूर्ण हुने बताए ।

नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष गणेश शर्माले सङ्घको कास्की शाखाले गण्डकी क्षेत्रका लेखन प्रतिभालाई अभिप्रेरित गर्ने उद्देश्यका साथ यसै वर्षदेखि लेखक वर्ष कृति पुरस्कार प्रदान गर्न लागेको जानकारी दिए । उक्त पुरस्कारका लागि रु पाँच लाखभन्दा बढीको अक्षयकोष सञ्चालनमा आइसकेको शर्माले बताए ।

सो अवसरमा दिव्याञ्जली उपन्यासका लेखक सरोज अर्याललाई लेखक वर्ष कृति पुरस्कार (गण्डकी) बाट पुरस्कृत गरियो । लेखक अर्याललाई रु २५ हजार नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै कवि तेजनाथ घिमिरेलाई सम्मान पत्रबाट स्रष्टा सम्मान गरिएको थियो ।

अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल ‘अथक’, सहसचिवमा सञ्जय न्यौपाने र कोषाध्यक्षमा मेघनाथ आचार्य रहेका छन् । समितिका सदस्यमा भरत पोखरेल (अञ्जान), शिवराम पौडेल (जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह रहेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x