वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैङ्क, अन्य वित्तीय सूचक कस्ता ?

global ime bank

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्कको नाफा ४.१३ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को तेस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्कले वाणिज्य बैंकहरू मध्ये सर्वाधिक ३ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । बैङ्कको निष्क्रिय कर्जा घट्दा नाफामा वृद्धि हुन टेवा पुगेको देखिन्छ ।

२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले २ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ८४ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.२९ प्रतिशतले बढेर ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा १ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफालाई वार्षिक करण गर्दा ग्लोबल आइएमई बैङ्कले आफ्ना शेयरधनिहरूलाई १०.७५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात १.४५ प्रतिशत र प्रतिशेयर आम्दानी २० रुपैयाँ ८८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा र पछिल्लो कारोबार मूल्य रु २९६.१० को आधारमा मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x