गैर आवासीय नेपाली (NRN) लाई लक्षित गरी ग्लोबलआइएमई बैंकले ल्यायो चार नयाँखाता

ज्ञानमाण्डू।गैर आवासीय नेपाली(NRN)लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । 

चार नयाँ खाताहरुमा ग्लोबल NRN FCY मुद्दति निक्षेप खाता, ग्लोबल NRN FCY मुद्दति निक्षेप खाता, ग्लोबल NRN FCY बचत खाता र ग्लोबल NRN FCY बचत खाता रहेका छन् ।

अमेरिकी डलरमा खोल्न सकिने NRN FCY बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशत सम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने NRN LCY मुद्दति निक्षेपमा ९.२५ प्रतिशत सम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशत सम्म ब्याज प्रदान गरिने छ ।

उक्तखाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्तखाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । 

एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम ्मौज्दात १०,००० अमेरिकी डलर रहेको छ ।

हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x