सिडी रेसियो ९० प्रतिशत मुनि


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वाणिज्य बैङ्कहरूको निक्षेपमा ३ अर्बको गिरावट आएको छ । यो एकै दिनको गिरावट हो ।

सो तथ्याङ्कको अनुसार, मंगलबार जेष्ठ ३१ गते ४४ खर्ब १ अर्ब निक्षेप रहेकोमा बुधबार असार १ गते वाणिज्य बैङ्कहरूको निक्षेप घटेर ४३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको थियाे।

यता वाणिज्य बैङ्कको ऋणमा भने २ अर्ब अर्बको गिरावट आएको छ। मंगलबार जेष्ठ ३१ गते वाणिज्य बैङ्कले ४१ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा दिएका थिए भने सो ऋणमा गिरावट आएर बुधबार असार १ गते ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको थियाे। मंगलबार ८९.६१ प्रतिशत कायम भएको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) बुधबार भने ८९.६२ प्रतिशत कायम भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x