सुपर लघुवित्तकाे नाफा १६ लाख २७ हजार


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को दोस्रो त्रैमास सम्ममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले ६६ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सुपर लघुवित्तले ६७ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सुपर लघुवित्तले ५१ करोड ७८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ४ करोड २२ लाख रुपैयाँ रहेको छ।

सुपर लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३३.९२ प्रतिशतले घटेर १ करोड १२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.४७ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x