सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज दोस्रो वार्षिक साधारण सभा गर्दै

Sagarmatha Jalbidhyut Company Limited

ज्ञानमाण्डू। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साउन २५ गते (आज) दोस्रो वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाण्डौंमा विहानकाे ०९:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७९/०८० काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले कम्पनीको आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्ता पुजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांस वितरण गर्नेछ। कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निश्काशन - (Initial Public Offering) गर्नेछ भने यस प्रबन्धपत्रमा संसाेधन तथा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संसाेधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी पनि साेहि सभाले प्रदान गर्ने छ।

सोही सभाले संचालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्नेछ र संचालक समितिबाट भए गरेका निर्णयहरुलाई पनि अनुमोदन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x